काठमाडौं । विहिबार बजार सामान्य अंकले घटेको छ । यसदिन होटल, जलविद्युत,विमा र विकास बैंकहरु बढेपनि बजारमा दवदवा रहेको बैकिङ समूह घट्दा बजार १.७८ अंकले घटेको हो । बैकिङ समूह ५.७९ अंकले, फाइनान्स ८ अंकले र अन्य समूहको परिसुचक ७.८१ अंकले घटेको छ, भने होटल ५१.७१, जलविद्युत ४८.२९, विमा ३६.२३, विकास बैंक समूह १.६५ अंकले बढेको छ ।
लुम्विनी जनरल इन्स्योरेन्सको सवैभन्दा बढी १३ करोड ४७ लाख बराबरको कारोबार भएको छ । त्यस्तै सनराइज बैंक लिमिटेडको १० करोड १५ लाख बराबरको सेयर कारोबार भएको छ ।
यसदिन सवैभन्दा बढी कमाउने कम्पनीहरुमा एभरेष्ट इन्सुरेन्स कम्पनीका सेयरधनीहरु रहेका छन् । त्यस्तै त्रिवेणी विकास बैंक, गुराँस लाइफ इन्सुरेन्स, मेरो माइक्रोफाइनान्स वित्तिय संस्था, नेसनल हाइड्रोपावर कम्पनी र चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीहरु रहेका छन् भने गुमाउनेहरुमा शिखर इन्सुरेन्स कम्पनीका प्रमोटर सेयरधनीह, सिन्धु विकास बैंक लि, नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिं, ललितपुर फाइनान्स लिमिटेडका सेयरधनीहरु रहेका छन् ।
विहिबार दिनभर एक अर्व ५० करोड रुपैयाँ बराबरको २१ लाख ४३ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्सले जनाएको छ ।
प्रतिक्रिया