वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजारमा झण्डै अढाइ अर्वको कारोबार, कोषको मात्र एक अर्व २० करोड

अर्थटुडे
२०७३ आश्विन २, आईतवार

काठमाडौं । आइतबार सेयर बजारमा अहिलेसम्मकै सवैभन्दा बढी कारोबार भएको छ । यसदिन बजारमा दुई अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार नागरिक लगानी कोषको भएको छ । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गरेका कारण कोषको कारोबार धेरै देखिएको हो । बैंकको तीन लाख ९९ हजार ९४० कित्ता संस्थापक सेयर मध्ये ३ लाख ४१ हजार ११३ कित्ता सेयर आइतबार विक्रि भएपछि बजारमा कारोबार ह्वात्तै बढेको हो । एक अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार सधैजसो भइरहने कारोबार हो । बैंकले कोषको संस्थापक सेयरको मुल्य कम्तीमा पनि ३५ सय तोकेको थियो तर बजारमा प्रति कित्ता ४७ सय ५५ रुपैयाँ सम्ममा किनवेच भएको छ ।
बजार दोहोरो अंकले झर्यो
त्यसैगरी यसदिन बजार १०.६९ अंकले झरेर १८०४ मा पुगेको छ । दिनभर दुई अर्ब ४६ करोडको सेयर कारोवार भएका छन् । एक अर्ब २० करोड रुपैयाँ बराबरको नागरिक लगानी कोषको सेयर किनबेच भएको छ । वजार वैँक फाईनान्स र विमा कम्पनीले झारेको हो । आइतबार वैकिङ १८.५४ अंकले, फाईनान्स ०.७२ र इन्सुरेन्स ८६.७४ ले घटेको छ ।
यस्तै अन्य होटल, डेप्लभमेन्ट वैँक र हाईडोपावरको भने बढेको छ । यसदिन होटल २१.८, डेप्लभमेन्ट वैँक ३.५६, हाईडोपावर १३.८४ र अन्य ९. ५४ ले वृद्धि भएको छ ।
यसदिन सवैभन्दा वढि कारोबार हुनेमा नागरिक लगानी कोषको एक अर्व २० करोड, सनराइज बैंकको १५ करोड ८८ लाख, मुक्तिनाथ विकास बैंकको ६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन सवैभन्दा बढी कमाउनेहरुमा किसान माइक्रोफाइनान्स वित्तिय सस्था,सिन्धु विकास बैंक, मुक्तिनाथ विकास बैंक लगायतका लगानीकर्ताहरु रहेका छन् , भने गुमाउनेहरुमा नेरुडे लघुवित्त विकास बैंक, लक्ष्मी लघुवित्त वित्तिय संस्था, सिद्धार्थ इन्भेस्मेन्ट ग्रोथ स्कीम १, राष्टिय विमा कम्पनीको संस्थापक सेयरधनीहरु रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ