काठमाडौँ । पछिल्लो समय सेयर बजार (नेप्से) ओरालो लाग्दै गएको छ । कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले ओरालो लागेको नेप्से मंगलार पनि १७.९८ अंकले घटेर १७८६.५० अंकमा अडिएको छ । बजारमा दवदवा रहको बैकिङ, जलविद्युत लगायतका उपसुचक ओरालो लाग्दा समग्र बजार ओरालो लागेको हो । यसदिन बैकिङ समूहको सुचक २३.६ अंकले, जलविद्युत २८.२६, विकास बैंक १९.८, फाइनान्स १०.६३ र अन्य समूह १०.४१ अंकले ओरालो लागेको छ ।
मंगलबार होटल र विमा समुह भने क्रमशः १४.८८ र ३५.३५ अंकले उकालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसदिन १ अर्व ३५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सवैभन्दा बढी कारोबार नविल बैकको १७ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै एनआइसी एसिया बैंकको १२ करोड ६१ लाख नविल वैँक लिमिटेडको प्रमोटर सेयर ६६ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।
यसदिन सवैभन्दा बढी कमाउनेहरुमा सेति फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स वित्तिय संस्था, नाग्दी ग्रुप पावर लगायतका लगानीकर्ताहरु रहेका छन् ।
त्यस्तै गुमाउनेहरुमा नेरुडे लघुवित्त विकास वैँक, अल्पाइन डेप्भलपमेन्ट वैँक र राप्ती भेरी विकास वैँकका लगानीकर्ताहरु रहेका छन् ।
घट्दो बजारमा सेती फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र किसान माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले वढेको छ । ङादी ग्रुप पावरको सेयर मूल्य ९.८१ अंकले बढेको छ । बढि गुमाउनेमा नेरुडे लघुवित्त र अल्पाइन डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् ।
प्रतिक्रिया