वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धितोपत्र बोर्ड दियो निर्देशन- मर्जरमा गएका कम्पनीको पनि छिट्टै कारोबार गर्नु

अर्थटुडे
२०७३ आश्विन ५, बुधबार

काठमाडौं । मर्जको प्रकृया सकिएर एकीकृत कारोबार भएकैदिनदेखि मर्जमा गएका कम्पनीहरुको पनि सेयर कारोबार हुने भएको छ । सूचीकृत कम्पनीहरुको मर्जरको कार्य सम्पन्न भई एकीकृत कारोबार शुरु भएसंगै शेयर कारोबार शुरु गर्न नेपाल धितोपत्र बोर्डले सम्बन्धीत निकायलाई बुधबार निर्देशन दिएको हो ।
यससँगै मर्जमा गएका कम्पनीहरुका लगानीकर्ताहरुले सेयर कारोबारमा लामो समय कुर्न पर्दैन । मर्जमा गएका कम्पनीहरुको सेयर कारोबार लामो समयसम्म रोकिदा लगानीकर्ताहरु मारमा परेको गुनासो आएपछि बोर्डले त्यस्तो निर्देशन दिएको हो ।
बोर्डले एकीकृत कारोबार भएककै वेला सेयरकारोबार हुन नसकेमा वढीमा १५ दिनभित्र अनिवार्यरुपमा कारोबार हुने व्यवस्था गर्न सुचिकृत कम्पनीहरुलाई निर्देशन दिएको छ ।
बोर्डले सिडिएस एण्ड क्लियरिडलाई पनि नयाँ डिम्याट खाता खोल्दा अनिवार्य रुपमा बैंक खाता राख्ने व्यवस्था गर्न र खाता खोलीसकेकाको हकमा बैंक खाता सम्बन्धी विवरण अनिवार्य रुपमा अद्यावधीक गर्न पनि निर्देशन दिएको छ ।
त्यस्तैगरी बोर्डले मर्चेन्ट बैंकरहरुलाई पनि बोर्डले संस्थाहरुले प्राथमिक सेयर निष्कासन गर्दा साधारण जनताले दुख नपाइ सेयर भर्न पाउने व्यवस्था गर्न, हकप्रद सेयर भर्दा सहज र उसले पाउने सेयर भर्न भराउनको लागि आवश्यक व्यवस्था गर्न पनि निर्देश्न दिएको छ । त्यसैगरी साधारण सेयर भर्दा वा हकप्रद सेयर भर्दा प्रत्येक संकलन केन्द्रमा जेष्ठ नागरिक, अपाङ्ग तथा महिला लगानीकर्ताहरुको लागि सहज रुपमा फाराम भर्ने वयवस्था मिलाउनको लागि पनि बोर्डले निर्देशन दिएको छ । एकै शेयरधनीको भौतिक तथा अभौतिक (डिम्याट) रुपमा रहेको शेयर अनुसार हकप्रद शेयर भर्दा समस्या भएको भन्ने गुनासोहरु प्राप्त भएको सन्र्दभमा निष्काशन तथा बिक्री प्रबन्धकहरुले लगानीकर्ताको शेयर भौतिक तथा अभौतिक(डिम्याट) जुन रुपमा कायम रहेको भएतापनि एउटै मात्र आवेदन मार्फत दरखास्त दिने व्यवस्था गर्ने ।
स—सानो रकमको चेक क्लियरिड गराउदा शुल्क नलिन र एकाघर परिवारको फारामसाथ संलग्न एकाउण्ट पेयी चेक लिनपनि बोर्डले निर्देशन दिएको छ । त्यस्तै मर्चेन्ट बैंकरहरुले आफ्नो नाफाको केही निश्चित प्रतिशत रकम मानव संशाधन विकासका लागि छुट्याउनुपर्ने र कर्मचारी व्यवस्थापन कार्यलाई कानुन सम्मत गराउनको लागि पनि बोर्डले निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ