वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुई हप्तादेखि ओरालो लागेको बजार सोमबार लाग्यो उकालो

अर्थटुडे
२०७३ आश्विन १०, सोमबार

काठमाडौं । सेयर बजार सोमबार हरियो भएको छ । दुई हप्तादेखि ओरालो लागेको बजार सोमबार ह्वात्तै उकालो लागेको छ । यसदिन सवै उपसुचकहरु पनि उकालो लागेकोले समग्र बजार पनि उकालो लागेको हो ।
साताको सुरुको दिन आइतबार ३६ अंकले घटेको बजार सोमबार २६ अंकले बढेर १७५७ अंकमा अडिएको छ । बैकिङ, होटल र विमा समूहका उपसुचकहरु बढ्दा समग्र बजार बढेको हो । यसदिन बैकिङ ३१.७६, विमा ८७.२, होटल ५४.१६ अंकले बढेको छ । त्यसैगरी विकास बैंक १८, जलविद्युत २१.७३ अंकले, फाइनान्स ८.४ र अन्य समूह ९.५४ अंकले उकालो लागेको छ ।
यसदिन सवैभन्दा बढी एभरेष्ट बैंकको २२ करोड ७७ लाख रुपैयाँ र नेपाल बंगलादेश बैंक १० करोड रुपैयाँको कारोबार भएको छ । दिनभर १३२ कम्पनीको ११ लाख कित्ता सेयर बराबर एक अर्व रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
सोमबार कमाउनेहरुमा ङादी ग्रुप पावर, राप्तीभेरी विकास बैंक, आइएलएफसिओ माइक्रोफाइनान्स वित्तिय संस्था लगायतका लगानीकर्ताहरु रहेका छन् भने गुमाउनेहरुमा पोखरा फाइनान्स, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नमस्ते वित्तिय संस्था लगायतका लगानीकर्ताहरु रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ