वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुट तथा सुटको १३ औं औद्योगिक प्रदर्शनी सुरु

अर्थटुडे
२०७३ पुष ५, मंगलवार

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर एसोसियसन अफ नेपालको आयोजनामा जुृत्ता तथा चप्पलको १२ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस प्रदर्शनीमा छालाजुत्ता तथा छालाजन्य वस्तुको साथमा स्वदेशी सिलाई व्यवसायीहरुका आफ्ना उत्पादनहरु प्रदर्शनमा राखिएको छ ।

सात दिनसम्म चल्ने यस मेलाको उद्घाटन वाणिज्य सचिव नईन्द्र प्रसाद उपाध्याय र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाले संयुक्त रुपमा गरे । समारोहमा बोल्दै सचिव उपाध्यायले नेपाली फुटवयर उद्योग नेपालको ठुलो सम्भावना भएको उद्योगको रुपमा अगाडी आएको र यसको परिणाम स्वरुप गएको ४ महिनामा यस सेक्टरको विगतको वर्षको तुलनामा ठुलो फड्को मारेको वताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष मुरारकाले हाल उद्योगमा दक्ष कामदारको अभाव रहेको र सोका लागि सरकारले उद्यौग मैत्री वातावरणका साथै दक्ष कामदार उत्पादनमा विशेष ध्यान दिन सके निजि क्षेत्रले प्रगती गर्न सक्ने जनाए ।
सोही अवसरमा हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्य, नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घका अध्यक्ष सुरज ब्रजाचार्यले स्वदेशी कच्चापदार्थको प्रयाग गरी उत्पादन गर्ने उद्योगीलाई ऋणमा सहुलियत दिनुपर्ने माग गरे ।
कार्यक्रममा फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष रबिनकुमार श्रेष्ठले स्वागत मन्तव्य तथा संघका महासचिव तथा मेला संयोजक मनोज कुमार श्रेष्ठले मेलाको औचित्य माथी प्रकाश पारे ।

आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ सुरु यस प्रदर्शनीमा १२५ वटा व्यापारीक स्टल रहेका छन् जसमा १५ वटा सिलाइ व्यवसायी, दुई वटा छालावस्तु र बाँकी जुत्ताका स्टल रहेका छन् । यस मेलालाई करिब एक लाख जनाले अवलोकन गर्ने रु दुई करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ