काठमाडौं । ताहाचलस्थित वैदेशिक रोजगार विभागमा तोडफोड र आगजनी पछि पूर्णरुपमा ध्वस्त भएको छ । जेन्जी प्रदर्शनका क्रममा भएको आक्रमणका कारण विभागको तल्लो भवन पूर्णरूपमा क्षतिग्रस्त भएको जनाइएको हो।
विभागका कर्मचारीका अनुसार आगजनी र तोडफोडका कारण महानिर्देशकको कार्यकक्ष, प्रशासन शाखा र मुद्दा शाखा पूर्णरूपमा नष्ट भएको छ। विभागले हाल आंशिक रूपमा मात्रै सेवा प्रवाह गरिरहेको जनाइएको छ ।
विभागको माथिल्लो तल्लामा रहेको वैदेशिक रोजगार कार्यालय भने सुरक्षित रहेको छभने श्रम स्वीकृतिको काम निरन्तर भइरहेको छ। कर्मचारीहरूले घरमै बसेर श्रम स्वीकृतिको काम गरिरहेका छन्। सेवाग्राहीलाई सम्भव भएसम्म असुविधा नपर्ने गरी व्यवस्था मिलाइएको विभागको भनाइ छ।
प्रतिक्रिया