वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सशक्त विकल्पको खोजी: पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकार प्रमुख बन्ने सम्भावनामा

अर्थटुडे
२०८२ भाद्र २५, बुधबार

काठमाडौँ । जेनजेडी अभियानका अगुवाहरूले असफल दलगत नेतृत्व र जनतामा घट्दो विश्वासबीच नयाँ विकल्प खोज्ने क्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने प्रस्ताव अघि सारेका छन्।

भर्चुअल बैठकमार्फत गरिएको छलफलमा अस्थायी सरकारको नेतृत्व गर्न कार्की उपयुक्त हुने निष्कर्ष निकालिएको छ। औपचारिक निर्णय भने अझै हुन बाँकी छ।

कार्कीले सर्वोच्च अदालतको नेतृत्व गर्दै निडर र इमानदार छवि बनाइसकेकी कारण उनीमाथि विश्वास गरिएको हो। उनी भ्रष्टाचारविरुद्धको दृढ भूमिकाका कारण जनमानसमा ‘निष्पक्ष र साहसी नेतृत्व’को रूपमा चिनिन्छन्।

जेनजेडी पक्षले आन्दोलनलाई केवल विरोधमै सीमित नराखी स्पष्ट शासनको खाका बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ। कार्कीको सम्भावित नेतृत्वले नयाँ राजनीतिक अध्यायको सुरुवात गर्ने दाबी गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ