वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पोखरामा आगजनीले होटल व्यवसाय धराशायी

तीन अर्बभन्दा बढी क्षतिको अनुमान

अर्थटुडे
२०८२ भाद्र २७, शुक्रबार

काठमाडौं । पोखरा क्षेत्रका होटल व्यवसायीहरू हालैका तोडफोड र आगजनीका घटनाले अकल्पनीय संकटमा परेका छन् । नेपाल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, घटनाबाट तीन अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

सुवेदीले सरकार, बीमा कम्पनी र सरोकारवाला निकायलाई तत्काल छानबिन गरी व्यवसायीलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । साथै, घटनामा संलग्नलाई कारबाही गर्न सक्षम छानबिन समिति गठन गर्नुपर्ने उनको भनाइ छ ।

घटनाबाट होटल र रिसोर्टहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । यसमा लेकसाइड क्षेत्रका होटेल सरोवर, होटेल एम, होटेल पोखरा गुडविल, वरपिपल रिसोर्ट लगायतका प्रतिष्ठान गम्भीर रूपमा प्रभावित भएका छन् । संघले प्रभावित होटलहरूको पुनर्निर्माण र ऋण व्यवस्थापनका लागि सरकार, बैंक र वित्तीय संस्थाहरूको सहयोग अपरिहार्य भएको जनाएको छ ।

पर्यटन व्यवसायीहरूको भनाइमा, पर्यटक चाप बढ्ने मौसममा परेको यस घटनाले आगामी पर्यटन सिजनमै नकारात्मक असर पार्नेछ । उनीहरूले व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन र दीर्घकालीन समाधान दिन सरकारसँग जोडदार माग गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ