काठमाडौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनले शुक्रबार राती ९.४५ मा राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ लिएकी हुन् । शपथग्रहण कार्यक्रममा मञ्चमा राष्ट्रपति पौडल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थिति रहेको थियो ।
त्यस्तै प्रधानमन्त्री कार्कीले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गराउनुपर्ने शर्त रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।
प्रतिक्रिया