काठमाडौं । नयाँ भौतिक योजनामन्त्री बनेलगत्तै कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणलाई प्राथमिकतामा राखेका छन् । पदभार ग्रहणसँगै उनले पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गर्दै त्यसमा योगदान गर्न विश्वभरका नेपालीलाई आग्रह गरेका छन् ।
उनका अनुसार कोषको विषयमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ । “आक्रोशका कारण सार्वजनिक संरचनामा क्षति भयो । तर अब ती पुनःनिर्माण हाम्रो जिम्मेवारी हो,” मन्त्री घिसिङले भने ।
उनले तत्कालै आवश्यक सार्वजनिक पूर्वाधार पुनःनिर्माण गरेर जनतालाई सहज बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया