वि.सं. २०८२ भाद्र ३०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दशैं–तिहारमा राहत, भदौ ३० देखि १५१ स्थानमा सुपथ मूल्य पसल

अर्थटुडे
२०८२ भाद्र १७, मंगलवार

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै भदौ ३० देखि देशभर १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत दरमा नुन, चामल, तेलदेखि खसी–बोकासम्म बिक्री गर्ने तयारी गरेको हो ।

कुन वस्तुमा कति छुट?

चामल, गहुँ र दालमा प्रतिकिलो ५ रुपैयाँ छुट, तेल, आटा र पिठोमा प्रतिकिलो ७ रुपैयाँ छुट, खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट,
नुनमा प्रतिकिलो २ रुपैयाँ छुट र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुटको व्यवस्था गरिने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, गहुँ, दाल, गेडागुडी, खाने तेल, आटा, पिठो र मैदा विक्रीका लागि राख्नेछ । साथै कम्पनीले जिउँदो खसी, बोका र च्याङग्रा समेत विक्री गर्ने जनाएको छ । यस्तै साल्ट ट्रेडिङले आफ्ना बिक्री केन्द्रबाट नुन, चिनी, तेल, चिउरा, पिठो, मैदा र दालमा विक्रीमा राख्ने जनाएको छ ।

पसल कहाँ–कहाँ ?

खाद्य व्यवस्था कम्पनीले ४५ जिल्लाका १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्यको सबैभन्दा धेरै कर्णालीमा ४२ स्थानमा सुपथ मूल्य पसल रहने जनाइएको छ ।

साल्ट ट्रेडिङले देशभर कम्तीमा ४० स्थानमा सुपथ पसल राख्ने भएको छ । काठमाडौं उपत्यकामा कालीमाटी, जावलाखेल, कोटेश्वरलगायत, बाहिर बिर्तामोडदेखि महेन्द्रनगरसम्ममा सुपथ मूल्य पसल राख्ने ट्रेडिङले जनाएको छ।

यस पसलले चाडपर्वमा उपभोक्ताले दैनिक उपभोग्य सामग्री सस्तोमा पाउने र बजारमा हुने मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ