काठमाडौं । बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग दसैंअघि नै सञ्चालनमा आउने भएको छ । हालसम्म ९४.५ प्रतिशत काम पूरा भइसकेकाले सडक विभागले सञ्चालन, व्यवस्थापन र मर्मतका लागि विशेषज्ञ सेवा प्रदायक छनोट प्रक्रिया अगाडि बढाएको छ ।
विभागका अनुसार डिसेम्बरसम्म सेवा प्रदायक तोकिएपछि २ महिनासम्म परीक्षण गरिनेछ । त्यसपछि सर्वसाधारणका लागि सुरुङमार्ग पूर्ण रूपमा खुला गरिनेछ ।
सुरुङमार्ग सञ्चालन र दिगो मर्मतसम्भारका लागि मन्त्रिपरिषद्ले टोल शुल्क लिने निर्णय गरिसकेको छ । टोल संकलनका लागि आरएफआइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रणाली लागू गरिनेछ, जसले सवारीसाधनमा टाँसिएको ट्यागमार्फत बैंक खाताबाटै भुक्तानी गर्न सकिनेछ ।
यस प्रविधिले भुक्तानी प्रणालीलाई छिटो, सुरक्षित र पारदर्शी बनाउने विश्वास विभागले लिएको छ । साथै २४ घण्टा सञ्चालन, आपतकालीन उद्धार, आगलागी नियन्त्रण, भेन्टिलेसन, पावर सप्लाई र अन्य अत्याधुनिक प्रणालीहरूको नियमित मर्मतका लागि दक्ष जनशक्ति आवश्यक हुने विभागले जनाएको छ ।
जापानी परामर्शदाताको सहयोगमा तयार गरिएको निर्देशिका विभागले स्वीकृत गरिसकेको छ भने हाल लागत अनुमान र नमुना बोलपत्र तयारीको काम तीव्र गतिमा भइरहेको छ ।
प्रतिक्रिया