वि.सं. २०८२ भाद्र ३०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भोलि हुने

भोलि सामाजिक सञ्जाल मात्र हैन भ्रष्टाचार र अन्यायविरुद्ध आवाज उठाइने

अर्थटुडे
२०८२ भाद्र २२, आईतवार

काठमाडौं । भोलि काठमाडौंका सडकहरूमा युवाहरूको स्वर गुञ्जिने भएको छ । सामाजिक सञ्जाल बन्दविरुद्ध सुरु भएको यो प्रदर्शन अब केवल इन्टरनेटको अधिकारको सवाल मात्र रहेन, भ्रष्टाचार र अन्यायविरुद्धको पनि आवाज उठाइने जनाइएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले यस प्रदर्शनलाई समर्थन जनाउँदै भनेका छन्, “भोलिको र्‍याली स्पष्ट रूपमा जेनजीको हो । उहाँहरू २८ वर्ष मुनिका हुनुहुन्छ, यस कारण म सहभागि हुन मिल्दैन, तर मलाई उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न मन छ ।”

बालेनले अपील गरे— “यो र्‍याली स्वस्फूर्त युवाहरूको हो, यहाँ कुनै पार्टी, नेता वा स्वार्थी समूहको हस्तक्षेप हुन नदिनुहोस् । यो प्रदर्शन केवल सामाजिक सञ्जाल प्रयोग गर्ने स्वतन्त्रताको होइन, भ्रष्टाचारमुक्त नयाँ देश निर्माण गर्ने चाहनाको हो ।”

उनले अन्ततः युवाहरूसँग प्रश्न गरेका छन्, “प्रिय जेनजी, भन्नुस्— तपाईंहरू कस्तो देश देख्न चाहनुहुन्छ ?”

युवाहरूको यही प्रश्न, यही आकांक्षा र यही आवाजले भोलिको सडकलाई प्रदर्शनको ऊर्जा दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ