काठमाडौं । एक सातापछि नेपाली सेयर बजार पुनः सञ्चालन हुने भएको छ । नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबारदेखि कारोबार खुलाउने निर्णय गरेको हो ।
बोर्डका एक उच्च अधिकारीका अनुसार छलफल र परामर्शपछि बजार खोल्ने सहमति भएको छ र यसबारेको सूचना नेप्सेलाई पठाइनेछ । त्यसपछि नेप्सेले आधिकारिक रूपमा सार्वजनिक गर्नेछ ।
यसअघि नेप्सेले असोज २ गतेसम्म कारोबार बन्द रहने जानकारी दिएको थियो । तर नयाँ निर्णयसँगै उक्त सूचना खारेज भएको छ ।
भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका विभिन्न शहरमा जेन–जी प्रदर्शनका क्रममा भएको तोडफोडपछि २४ गतेदेखि बजार बन्द गरिएको थियो । यसअघि पनि भूकम्प र कोरोना महामारीका बेला लामो समयसम्म बजार ठप्प भएको अनुभव छ ।
प्रतिक्रिया