वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारले उठायो कडा कदम

नेपालमा फेसबुक, एक्सलगायत सामाजिक सञ्जाल बन्द गर्ने तयारी (सूचनासहित)

अर्थटुडे
२०८२ भाद्र १९, बिहीबार

काठमाडौं । नेपाल सरकारले फेसबुक, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाललाई अब सञ्चालन नगर्न चेतावनी दिएको छ । सरकारको सूचनापछि तोकिएको म्यादभित्र नेपालमा दर्ता (सूचीकरण) गर्न अस्वीकार गरेपछि सरकारले ती सञ्जालहरू बन्द गर्ने निर्णय लिएको हो।

मन्त्रिपरिषद्ले भदौ २१ गते सामाजिक सञ्जाललाई नेपालमा सूचीकरणका लागि एक हप्ताको समय तोकेको थियो। तर तोकिएको म्यादसम्म सञ्जालहरूले नेपालमा दर्ता हुन अस्वीकार गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार बैठक बसेर अब सूचीकरण नगर्ने सञ्जाल पूर्णरूपमा बन्द गर्ने निष्कर्ष निकालेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले  फेसबुक, इन्स्टाग्राम, युट्युब र एक्स ९ट्वीटर०लगायतका २६ वटा सामाजिक सञ्जाल आजबाट क्रमशस् बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ । नेपालमा हालसम्म भाइबर, टिकटक, विटक, निम्बज र पोपोलाइन मात्र दर्ता भएका छन् ।

यसअघि सर्वोच्च अदालतले समेत अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र दर्ता गरी सरकारले तोकेको कानुनी दायराभित्र ल्याउन आदेश दिएको थियो। तर फेसबुक, एक्सलगायतका कम्पनीहरूले सूचीकरण प्रक्रिया पुरा नगरेपछि अब नेपालमा ती सञ्जाल प्रयोगकर्ताले चलाउन नपाउने सम्भावना देखिएको छ।

सरकारले अनधिकृत सामाजिक सञ्जालको मूल्याङ्कन तथा अनुगमन गर्न नसक्ने भन्दै अब सूचीकृत नभएकालाई बन्द गर्ने ठोस कदम चाल्ने चेतावनी दिएको हो।

यसअघि पनि १२ चैत २०८१ मा सरकारले एक सूचना जारी गर्दै कार्यविधिअनुसार सञ्चार मन्त्रालयमा सूचीकृत हुन सबै सामाजिक सञ्जालहरुलाई निर्देशन दिएको थियो । त्यसरी दर्ता नगरे उनीहरुलाई नेपालमा सञ्चालनमा प्रतिबन्ध लगाइने चेतावनी पनि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ