काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन-जीले नेतृत्व गरेको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
निषेधाज्ञा तोड्दै नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।
माइतीघरबाट सुरु भएको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको थियो । त्यस्तै, तिनकुनेतर्फबाट अघि बढेको अर्को टोली पनि संसद भवनको मुख्य गेटसम्म पुगेको छ ।
प्रहरीले बानेश्वर चोक नजिकै राखेको छेकबार तोड्दै हजारौं संख्यामा रहेका प्रदर्शनकारीहरु संसद भवनतर्फ अगाडी बढीरहेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया