वि.सं. २०८२ भाद्र ३०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संयमता अपनाउन सेनाको अपिल

अर्थटुडे
२०८२ भाद्र २४, मंगलवार

काठमाडौं । जेन जी को नाममा सुरु भएको आन्दोलन उग्र बन्दै गएपछि नेपाली सेनाले परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ ।

सेनाले मंगलबार साझ प्रस विज्ञप्ती जारी गर्दै नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको र विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको बताएको छ ।

सोमबार र मंगलबार दिनभर जेनजीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ ।
देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् ।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपनि युवाहरुको प्रदर्शन मत्थर हुन सकेको छैन ।

नेपाली सेनाले विज्ञप्तीमार्फत भनेको छ, ‘विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ