वि.सं. २०८३ मंसिर ६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईएमई ग्रुपको रणनीतिक नेतृत्वमा जगदीश खड्का, बने ग्रुप भाइस प्रेसिडेन्ट

आईएमई ग्रुपको रणनीतिक नेतृत्वमा जगदीश खड्का, बने ग्रुप भाइस प्रेसिडेन्ट
अर्थटुडे
२०८३ मंसिर ४, बिहीबार

काठमाडौं । डिजिटल वित्तीय सेवाको क्षेत्रमा अनुभव हासिल गरेका जगदीश खड्का आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्ट नियुक्त भएका छन् । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कालाई ग्रुपका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य र व्यावसायिक समन्वयको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।

आईएमई ग्रुपले मंसिर २ गते प्रेस विज्ञप्ति जारी गर्दै खड्काको नियुक्तिबारे जानकारी दिएको हो । यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरिसकेका खड्कासँग डिजिटल वित्तीय सेवा क्षेत्रका विभिन्न व्यवसायको नेतृत्व र व्यवस्थापनमा १५ वर्षभन्दा बढीको अनुभव छ ।

नयाँ जिम्मेवारीमा खड्काले आईएमई ग्रुपअन्तर्गतका विभिन्न कम्पनीको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई एकीकृत गर्दै व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने काम गर्नेछन् । समूहका कम्पनीबीच रणनीतिक सहकार्य विकास गर्नुका साथै समग्र ग्रुपको दीर्घकालीन ब्रान्ड मूल्य अभिवृद्धि गर्नु उनको प्रमुख जिम्मेवारी हुनेछ ।

त्यस्तै, नयाँ सेवा तथा साझेदारी विकास, ग्राहक अनुभव सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा आईएमई ग्रुपको योगदान विस्तार गर्ने विषयलाई पनि उनले प्राथमिकता दिनेछन् । आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त भाइस प्रेसिडेन्ट खड्कालाई स्वागत गर्दै उनको नेतृत्वमा समूहका कम्पनी थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । डिजिटल रूपान्तरणलाई विस्तार र सुदृढ गर्दै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न खड्काको अनुभव उपयोगी हुने उनको भनाइ छ ।

नियुक्तिपछि खड्काले समूहका प्राथमिकता र सरोकारवालासँगको सहकार्यमा परिणाममुखी काम गर्न आफ्नो ध्यान केन्द्रित रहने बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?