वि.सं. २०८३ मंसिर १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकमा शेयरधनीको साढे २१ करोड रुपैयाँ अलपत्र

कुमारी बैंकमा शेयरधनीको साढे २१ करोड रुपैयाँ अलपत्र
अर्थटुडे
२०८३ मंसिर १, सोमबार

काठमाडौ । कुमारी बैंकबाट विभिन्न शेयरधनीहरुले २१ करोड ६५ दलाख ९३ हजार ९४५ रुपैयाँ लिन बाँकी रहेको देखिएको छ । बैंकको २६ औ बार्षिक प्रतिवेदन अनुसार २०८३ असार मसान्तसम्ममा बैंकले विभिन्न समयमा प्रदान गरेको नगद लाभांस अन्तर्गतको सो रकम अझै शेयरधनीहरुले लगेका छैनन् ।

कुमारी बैंक विभिन्न समयमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग मर्ज भएको थियो । मर्जहुनुभन्दा अगाडीकै समयदेखि शेयरधनीहरुले सम्बन्धीत बैंक तथा वित्तिय संस्थाबाट नगद लाभांस लगेका छैनन् ।

प्रतिवेदन अनुसार कुमारी बैंक लिमिटेडबाट शेयरधनीहरुलाई १४ करोड ५१ लाख ५७ हनार १८० रुपैयाँ शेयरधनीहरुले लैजान बाँकी छ । त्यस्तै तत्कालिन एनसीसी बैंकबाट ६ करोड ७४ लाख ५५ हजार २०० रुपैयाँ रकम शेयरधनीहरुले लैजान बाँकी रहेको बैंकले जनाएको छ ।

तत्कालिन बेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेडबाट २८ लाख ४४ हनार ७१९ र तत्कालिन पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडको ११ लाख ३६ हजार ८४८ रुपैयाँ शेयर बापतको पाउने नगद लाभांस शेयरधनीहरुले लगेका छैनन् ।

बैंकले शेयरधनीहरुलाई नगद लाभांस लिनका लागि विभिन्न समयमा आग्रह गरिसकेको समेत जनाएको छ । यदी पाँच बर्षसम्म पनि शेयरधनी लाभांस लिन नआएमा त्यस्तै रकम कम्पनी ऐन २०६३ अनुसार लगानीकर्ता संरक्षण कोष मा लगेर बैंकले राख्ने छ ।

सो कोषको रकम बैंकले पूँजी बजार, लगानी नीति, कम्पनी कानून वा व्यापार तथा व्यवसायसम्बन्धी पेशागत कानूनको सुधार गर्न, कार्यालय वा कम्पनीका कर्मचारीलाई प्रशिक्षण दिन वा कम्पनी प्रशासनसम्बन्धी अन्य कार्यमा खर्च गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?