वि.सं. २०८३ आश्विन २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिनियाँ राजदुत जोमसोममा, काेरला नाकाबारे प्रजिअ शर्मासँग छलफल

चिनियाँ राजदुत जोमसोममा, काेरला नाकाबारे प्रजिअ शर्मासँग छलफल
Author
अर्थटुडे
२०८३ आश्विन १८, आईतवार

काठमाडौ । काेरला नाकाको अवस्थाबारे स्थलगत जानकारी लिनका लागि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ लोमान्थाङ पुगेका छन् । सात सदस्यीय टोलीसहित उनी शनिबार उत्तरी सीमानाका कोरला हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका हुन् । मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार चिनियाँ राजदुत शनिवार लोमान्थाङमा बास बसेका थिए ।

आइतबार राजदुत जोमकासोम आएर प्रमूख जिल्ला अधिकारीलाई भेट गरेका छन् । ‘अहिले म राजदुतसँगको मिटिङमा नै छु उहाँ आज बेलुका लोमान्थाङ फर्कनु हुन्छ,’ प्रमूख जिल्ला अधिकारी शर्माले अर्थटुडेडटकमसँग कुरा गर्दै भनिन् । उनका अनुसार राजदुतसँग केरला नाकाको अवस्थाबारे छलफल भइरहेको छ ।
राजदुतको टोली सोमबार काठमाडौ आउने कार्यक्रम रहेको शर्माले जानकारी दिइन् ।  राजदूतको भ्रमणको विस्तृत कार्यतालिका भने जिल्ला प्रशासन कार्यालय मुस्ताङले औपचारिक रूपमा दिएको छैन ।

राजदुतको टोलीसँग आइतबार दिनभर प्रमुख जिल्ला अधिकारी शर्माको टोली पनि सँगै रहने र टोलीको सुरक्षा व्यवस्था पनि प्रशासनले मिलाइसकेको छ । गत साताको भारी वर्षाले कोरला नाका जोड्ने कालिगण्डकी करिडोरका विभिन्न स्थानमा क्षति पु¥याएपछि सडक मर्मत गरी सञ्चालनमा आएको छ ।

चिनियाँ दूतावासका अधिकारीहरुले स्थल मार्ग हुँदै तातोपानी नाकाको अवलोकन गरेलगत्तै राजदूत सहितको ७ सदस्यिय टोली कोरला नाका हुँदै नेपाल प्रवेश गरेर नाका र सडकको अवस्थाको अवलोकन गरेको हो ।

चीनसँगको प्रमुख नाकाहरु रसुवागढी र तातोपानी बन्द रहेको र विकल्पको रुपमा केरला नाका मात्र संचालन गर्न सकिने भएपनि गत साता आएको भारी बर्षाले बाटोमा समस्या खडा भएका थिए ।

भदौ १० को भोटेकाशी बाढीका कारण रसुवाको रसुवागढी नाका र सडकमा ठूलो क्षति पुगेका कारण उक्त नाका अनिश्चित रुपमा बन्द छ । त्यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका पनि अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण बन्द छ ।

प्रतिक्रिया

लेखकको बारेमा

Author
अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

छुटाउनुभयो कि ?