काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीको तलव र भत्तागरी बार्षिक आम्दानी कति होला ? तपाईले अनुमान गर्नुभएको छ ? छैन भने यता हेर्नुहोस् । गत आर्थिक बर्ष २०८२/८३ मा सिइओको रेग्मीले ग्लोवल आइएमई बैंकबाट तलब, भत्ता तथा अन्य सुविधाहरूबापत गरी झण्डै २ करोड रुपैयाँ बुझेका छन् ।
बैंकले प्रकाशित गरेकाे गत आवकाे वार्षिक प्रतिवेदन अनुसार सीईओ रेग्मीले सीईओ तलब, भत्ता तथा अन्य सुविधाहरूबापत मात्र १ करोड ५५ लाख १६ हजार रुपैयाँ प्रदान गरेको छ । उनकाे आधारभुत तलव ७५ लाख ९६ हजार रूपैयाँ छ । यसबाहेक भत्ता, बिदा, सञ्चय काेष, दशै बाेनस लगायतका सुविधा अन्तर्गत बैंकले भुक्तानी गरेकाे हाे ।
त्यसबाहेक सीईओ रेग्मीले कार्यसम्पादनमा आधारित कर्मचारी बोनसबापत ३६ लाख ९० हजार ६०७ रुपैयाँ ७८ पैसा प्राप्त गरेको बैंकको विवरणमा उल्लेख छ।
बैंकको वार्षिक विवरणअनुसार सीईओलाई आर्थिक वर्ष २०८२/८३ मा प्रदान गरिएको पारिश्रमिक तथा सुविधामा सबैभन्दा ठूलो हिस्सा तलबको रहेको छ। सीईओले वार्षिक ७५ लाख ९६ हजार रुपैयाँ तलब बुझेका छन्।
त्यस्तै रेग्मीले तलव बराबरकै भत्ता दिएका छन् । उनले भत्ता बापत ५० लाख ४० हजार रुपैयाँ, सञ्चय कोषबापत ७ लाख ५२ हजार, बिदा वापतको भुक्तानी १० लाख ५३ हजार रुपैयाँ र दशैं भत्ताबापत थप १० लाख ५३ हजार रुपैयाँ प्राप्त गरेका छन्।
यसरी यी सबै नियमित पारिश्रमिक तथा सुविधालाई जोड्दा सीईओको वार्षिक रकम १ करोड ५५ लाख रुपैयाँ पुगेको हो।
बोनस मात्रै ३६ लाख ९० हजार
नियमित तलब–भत्ताबाहेक बैंकले कार्यसम्पादनमा आधारित पारिश्रमिकअन्तर्गत कर्मचारी बोनस पनि प्रदान गरेको छ। बैंकले बार्षिक प्रतिवेदनमा राखेको विवरणअनुसार सीईओ रेग्मीले कर्मचारी बोनसबापत ३६ लाख ९० हजार ६०९ रुपैयाँ ६८ पैसा प्राप्त गरेका छन्।
यसलाई नियमित पारिश्रमिकमा जोड्दा सीईओले आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता, सञ्चय कोष, बिदा भुक्तानी, दशैं भत्ता र बोनससहित करिब १ करोड ९१ लाख ९२ हजार रुपैयाँ प्राप्त गरेको देखिन्छ।
फोन, गाडी र इन्धनको सुविधा पनि
बैंकले सीईओलाई नियमित पारिश्रमिक र बोनसबाहेक अन्य सुविधा पनि उपलब्ध गराएको छ। विवरणअनुसार टेलिफोन तथा मोबाइल खर्च, सवारी साधन मर्मत र इन्धन शीर्षकमा समेत खर्च भएको छ।
उपलब्ध विवरणमा टेलिफोन तथा मोबाइल खर्च ४ लाख ६७ हजार सय रुपैयाँ, सवारी साधन मर्मत ४४ हजार ४०६ रुपैयाँ र इन्धन खर्च १२ लाख ३७ हजार ६५ रुपैयाँ उल्लेख छ।
यी तीन शीर्षकमा मात्रै बैंकले १ लाख ३७ हजार रुपैयाँ खर्च गरेको देखिन्छ।
यसलाई समेत सीईओको नियमित पारिश्रमिक तथा बोनससँग जोड्दा बैंकले सीईओका लागि एक आर्थिक वर्षमा गरेको तलब, भत्ता, बोनस र उल्लेखित अन्य सुविधाको कुल रकम करिब १ करोड ९८ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
रेग्मी २०८१ भदौदेखि ग्लोवल आइएमईको सिइओ नियुक्त भएका हुन् । बाणिज्य बैंकबाट करियर सुरु गरेको उनको बैंकिङ क्षेत्रमा उनको ३० वर्षभन्दा लामो अनुभव रहेको छ ।
३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवसम्ममा ७० खर्ब निक्षेप संकलन गरी ४७ खर्ब कर्जा परिचालन गरेको छ । ३४२ शाखा, ३६८ एटिएम काउन्टर, १४७ शाखा रहित सेवा केन्द्र, ६९ एक्सटेन्सन काउन्टर र तीन ओटा विदेशस्थित काउन्टरबाट सेवा दिइरहेको बैंकमा ३ हजार ८५० जना भन्दा बढी कर्मचारी कार्यरत छन् ।
बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ ।
गत आर्थिक बर्षमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो ।
प्रतिक्रिया