वि.सं. २०८३ आश्विन २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोेहोरो सञ्चालक हटाएको सहकारी बैंकलाई किन काट्यो रजिष्ट्रार कार्यालयले पत्र ?

दोेहोरो सञ्चालक हटाएको सहकारी बैंकलाई किन काट्यो रजिष्ट्रार कार्यालयले पत्र ?
Author
अर्थटुडे
२०८३ आश्विन २२, बिहीबार

काठमाडौं । सहकारी ऐनको व्यवस्था अनुसार एक वर्ष अघि दोेहोरो सञ्चालक हटाएको सहकारी बैंकलाई सहकारी रजिष्ट्रारको कार्यालयले फेरी निर्देशन जारी गरेको छ ।

सहकारी रजिस्ट्रारको कार्यालयले पछिल्लो पटक २०८३ असोज २ गते राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र केन्द्रीय विषयगत सहकारी संघहरूलाई एकमुष्ट निर्देशन जारी गरी दोहोरो पदसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन गर्न र त्यसको विवरण पठाउन भनेको छ । तर, सहकारी बैंकले भने एक वर्षअघि नै ऐनको अनुसार दोहोरो पदसम्बन्धी प्रावधान कार्यान्वयन गरेको जनाएको छ ।

सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एकभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था छ । तर, ऐन आएको ८ वर्षसम्म पनि यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।

सहकारी रजिष्ट्रारको कार्यालयले दोहोरो पदसम्बन्धी प्रावधान कार्यान्वयन गर्न पटक–पटक निर्देशन जारी गर्दै आएको छ । सहकारी महासंघ र संघहरुले कार्यान्वयनमा अटेरी गरिरहेकै बेला नेपाल राष्ट्र बैंकले गत असोजमा निर्देशन दिएपछि बैशाखमा सहकारी बैंकमा कानुन विपरित दोहोरो पद लिए तत्कालिन सञ्चालकहरु रमेशप्रसाद पोखरेल, विश्वनाथ मण्डल, पार्वती थापामगर, विजया धिताल र कालिबहादुर महतराले राजीनामा गरेका थिए ।

यस्तै सहकारी बैंकको निर्वाचनसम्बन्धी विनियमावलीमा सञ्चालक निर्वाचित भएको सात दिनभित्र तल्लो अर्को पद छोड्नुपर्ने व्यवस्था गरेको छ । गत जेठमा निर्वाचित भएका सञ्चालकहरुले पनि अर्को संस्थासंस्थाको पदबाट राजिनामा दिएको पत्र पेश गरिसकेका छन् ।

राष्ट्रिय सहकारी बैंकमा प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई दोहोर पदसम्बन्धी प्रावधानको पालन भइसकेको अवस्थामा रजिष्ट्रार कार्यालयको निर्देशनले आउनु दुखद् भएको बताउँछन् । ‘हामीले यसअघि नै दोहोरो सञ्चालकको व्यवस्था पालन गरिसकेका छौं, तर हाम्रो लागि पनि निर्देशन जारी हुँदा अचम्मित बनाएको छ ।’

यता, सहकारी रजिष्ट्रार बाबुराम गौतम सहकारी संघहरुलाई एकमुष्ट निर्देशन जारी गरेकाले सहकारी बैंकको नाम पनि उल्लेख भएको बताउँछन् । ‘सहकारी बैंकले दोहोरो पदसम्बन्धी निर्देशन कार्यान्वयन गरिसकेको जानकारी छ, सबैलाई एकमुष्ट निर्देशन जारी गरेकाले बैंकको नाम पनि उल्लेख भएको हो ।’

सहकारी ऐन २०७४ अनुसार एक व्यक्ति एकै पटक दुई संघसंस्थाको सञ्चालक बस्न नपाउने व्यवस्था छ । तर, नियामक निकाय विभागले कानुनको प्रावधान लागू गराउन वेवास्ता गर्दा सहकारी महासंघदेखि संघ तथा संस्थाका सञ्चालकहरुले अटेरी गर्दै आएका छन् ।

ऐनको प्रावधान विपरित सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लगायतका संघसंस्थाहरुमा दोहोरो पदमा बस्दै आएपनि नियामकले कारवाही गर्न सकेको छैन ।

दाेहाेर पदकाे प्रावधान र कार्यान्वयनबारे विस्तृत बुझ्न पढ्नुहाेस्ः

सहकारी ऐनको व्यवस्था ८ वर्षदेखि बेवारिसे, विभागको निर्देशन कागजमै सीमित

तीन रजिष्ट्रार फेरिए, दोहोरो पद लिने नेतालाई भएन कारवाही

 

 

प्रतिक्रिया

लेखकको बारेमा

Author
अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

छुटाउनुभयो कि ?