वि.सं. २०८३ आश्विन २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबि बैंकको ७ प्रतिशत लाभांस

एनएमबि बैंकको ७ प्रतिशत लाभांस
Author
अर्थटुडे
२०८३ आश्विन २२, बिहीबार

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गरेको उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

यसैगरी बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि भने करसहित ८.२५ प्रतिशत नगद लाभांसको घोषणा गरेको छ ।

बैंकमा हाल १९ अर्ब २८ करोड साधारण शेयर र तीन अर्व रुपैयाँ असञ्चिति अग्राधिकार शेयर रहेको छ ।

बैंकले साधारण सेयरधनीका लागि १ अर्ब ३४ करोड ९९ लाख र असञ्चिति अग्राधिकार शेयरधनीका लागि १२ करोड २० लाख रुपैयाँ छुट्याएको छ ।

बैंकले गत आवमा ४ अर्ब रुपैयाँ खुद नाफा गरेको थियो । त्यसमध्ये विभिन्न कोषहरुमा रकम विभाजनपछि वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

Author
अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

छुटाउनुभयो कि ?