वि.सं. २०८३ आश्विन २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुथेली बुखरी हाइड्रोका लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर

कुथेली बुखरी हाइड्रोका लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर
Author
अर्थटुडे
२०८३ आश्विन २२, बिहीबार

काठमाडौं । कुथेली बुखरी हाइड्रोपावरले सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर विद्युत नियमन आयोग र आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

कम्पनीको विवरणअनुसार चुक्ता पुँजी रु. १४ करोड ७४ लाख ५९ हजार रहेको छ । उक्त पुँजीको १८ प्रतिशतका अर्थात २ करोड ६५ लाख रुपैयाँ बोनस सेयर प्रस्ताव गरिएको छ । बोनस सेयरका लागि कर वापत १३ लाख ९६ हजार नगद प्रस्ताव पनि गरिएको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको जलविद्युत आयोजना दोलखा जिल्ला मा अवस्थित छ । यो आयोजनाले दोलखाको सुस्पा र बुखरी खोलाको पानी उपयोग गरेर विद्युत उत्पादन गरिरहेको छ ।

९९८ क्षमताको आयोजनालेख २०७२ असोज ३ गतेदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

Author
अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

छुटाउनुभयो कि ?