वि.सं. २०८३ मंसिर ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

औद्योगिक क्षेत्रमा जाने कर्जा घट्यो, बाग्मतीमा सवैभन्दा बढी १३ खर्ब

औद्योगिक क्षेत्रमा जाने कर्जा घट्यो, बाग्मतीमा सवैभन्दा बढी १३ खर्ब
अर्थटुडे
२०८३ मंसिर १०, बिहीबार

काठमाडौ । औद्योगिक क्षेत्रमा जाने कर्जामा कमी आएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा ८.६४ प्रतिशतले मात्र बृद्धि भएको छ । जवकी २०८२ असार मसान्तमा यस्तो कर्जा ११.९५ प्रतिशतले बढेको थियो ।

कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३१.०२ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३३.३७ प्रतिशत, विद्युत ग्याँस तथा पानीसम्बन्धी उद्योगमा २७.२६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २१.६४ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा १३.२४ प्रतिशत प्रबाह भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

त्यस्तै धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ३.९१ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा ०.५७ प्रतिशत कर्जा प्रवाह भएको छ ।

औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १३ खर्ब ३४ अर्ब ३५ करोड कर्जा लगानीमा रहेको छ । औद्योगिक कर्जामा कोशी प्रदेशमा प्रवाहित कर्जाको हिस्सा ९.४ प्रतिशत, मधेश प्रदेशको ७.० प्रतिशत, बागमती प्रदेशको ७२.३ प्रतिशत, गण्डकी प्रदेशको १.६ प्रतिशत, लुम्बिनी प्रदेशको ८.० प्रतिशत, कर्णाली प्रदेशको ०.३ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.५ प्रतिशत रहेको छ ।

हालसम्म औद्योगिक क्षेमा १८ खर्ब ४६ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रबाह भएको छ ।

 

 

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?