काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा औपचारिक स्वागत गरेका छन् ।
आज हैदरावाद हाउस परिसरमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका हुन् । स्वागत समारोहमा दुवै प्रधानमन्त्रीबीच संक्षिप्त भलाकुसारी तथा शिष्टाचार अभिवादन आदानप्रदान भएको थियो ।
औपचारिक स्वागत कार्यक्रमलगत्तै नेपाल र भारतका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता सुरु भएको छ । वार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा रहेका छन् । भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय सम्बन्ध र सहकार्यलाई थप विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ ।
प्रतिक्रिया