काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त पुनः नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको असोज १६ गते बसेको बैठकले पन्तलाई पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार पन्तको हालको कार्यकाल २०८३ असोज २३ गते समाप्त हुन लागेको थियो। त्यसअघि नै सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।
पन्तको नयाँ कार्यकाल २०८३ असोज २४ गतेदेखि २०८७ असोज २३ गतेसम्म रहनेछ।
प्रतिक्रिया