वि.सं. २०८३ आश्विन २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीज बीच सम्झौता

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीज बीच सम्झौता
Author
अर्थटुडे
२०८३ आश्विन ११, आईतवार

काठमाडौँ ।  हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड बीच स्मार्टपे आइबीएफटी अन्तर बैंक रकमान्तर सेवा सञ्चालन सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

यस सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्टपे  नेटवर्कमा आबद्ध भई स्मार्टपे आइबीएफटी मार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन गर्नेछ। यस सेवाले बैंकका ग्राहकहरूलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका अन्य खाताबीच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम आदान प्रदान गर्न थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

एससीटीद्वारा विकास तथा सञ्चालन गरिएको स्मार्टपे आइबीएफटी रकम स्थानान्तरण सम्बन्धी सेवा हो, जसले सहभागी बैंक तथा वित्तीय संस्था, वालेट तथा रेमिट्यान्स कम्पनीहरूबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरणलाई सहजीकरण गर्दै आएको छ। यस सेवाले विभिन्न क्षेत्र बीच अन्तरआबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन तथा वित्तीय पहुँचको अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको छ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

Author
अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

छुटाउनुभयो कि ?