वि.सं. २०८३ कार्तिक २८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल एसबीआई बैंकका सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश

नेपाल एसबीआई बैंकका सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश
अर्थटुडे
२०८३ कार्तिक २८, शुक्रबार

काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ८.२५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले सेयरधनीलाई हाल कायम गरेको चुक्ता पुँजीको कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमध्ये ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने जनाएको छ ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफामा १२.८९ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत असार मसान्तसम्ममा आफ्नो नाफा बढाएर २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ पुर्‍याउन सफल भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?