वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, सम्भावित कर्जा नोक्सानी व्यवस्थामा ठूलो गिरावट

नबिल बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, सम्भावित कर्जा नोक्सानी व्यवस्थामा ठूलो गिरावट
अर्थटुडे
२०८३ कार्तिक १६, आईतवार

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास साउन असोजमा मा नाफा उल्लेख्य रूपमा बढाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोजमसान्तसम्म २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा बैंकको खुद नाफा ४५.४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ थियो ।

बैंकको नाफा वृद्धिमा खुद ब्याज र शुल्क तथा कमिसन आम्दानी बढ्नुका साथै सम्भावित कर्जा नोक्सानी व्यवस्थाबापतको खर्चमा आएको ठूलो गिरावटले समेत योगदान गरेको देखिन्छ ।

चालु आवको असोजसम्ममा बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थाबापत १६ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो खर्च ६४ करोड ७२ लाख रुपैयाँ थियो ।

यसैगरी बैंकको खुद ब्याज आम्दानी पनि २३.५ प्रतिशतले बढेको छ । गत वर्ष पहिलो त्रैमासमा ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ८१ करोड ७० लाख रुपैयाँ पु¥याएको छ ।

बैंकको ब्याज आम्दानी ९ अर्ब ६१ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी ८ अर्ब ९० करोड ११ लाख रुपैयाँ थियो । अर्कोतर्फ ब्याज खर्च भने ४ अर्ब ९९ करोड ९९ लाख रुपैयाँबाट घटेर ४ अर्ब ७९ करोड ४७ लाख रुपैयाँमा झरेको छ । यस्तै बैंकको खुद शुल्क तथा कसिमन आम्दानी पनि ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा बैंकको आम्दानी ७९ करोड ८७ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब १३ करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँ थियो ।

निष्क्रिय कर्जा घट्यो, निक्षेप र कर्जा विस्तार

नाफा वृद्धिसँगै बैंकको सम्पत्तिको गुणस्तरमा पनि सामान्य सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ४.३१ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४.०६ प्रतिशतमा झरेको छ ।

बैंकको निक्षेप संकलन ६ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको तुलनात्मक अवधिमा निक्षेप ५ खर्ब ९२ अर्ब रुपैयाँ थियो । त्यस्तै, बैंकको कर्जा प्रवाह गरेको कर्जा ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ थियो ।

चालु आवको असोजसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब २६ करोड रुपैयाँ छ । जसबाट बैंकले लाभांस क्षमता २२.०८ प्रतिशत रहेको छ । यस्तै बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८०.०१ प्रतिशत, आधार दर ४.४१ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड) ३.१७ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक ३३ रुपैयाँ ८९ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २४ रुपैयाँ २७ पैसा थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?