वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माछापुच्छ्रे बैंकको नाफा ३२ प्रतिशत बढ्यो, खराब कर्जा पनि घट्यो

माछापुच्छ्रे बैंकको नाफा ३२ प्रतिशत बढ्यो, खराब कर्जा पनि घट्यो
अर्थटुडे
२०८३ कार्तिक १६, आईतवार

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा र कर्जाको गुणस्तर दुवैमा सुधार गरेको छ । बैंकले असोज मसान्तसम्म ५५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८६ प्रतिशत बढी हो । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीको विस्तारले साथ दिएको छ । चालु आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १५.५९ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकले ४३ करोड ८५ लाख रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ ।
बैंकको नाफासँगै वितरणयोग्य नाफा पनि सकारात्मक अवस्थामा रहेको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ११ करोड २१ लाख रुपैयाँ छ । यसका आधारमा बैंकको लाभांश क्षमता १.५१ प्रतिशत रहेको छ ।

निक्षेप र कर्जा विस्तार

चालु आवको असोजसम्ममा बैंकले निक्षेप र कर्जा दुवै विस्तार गरेको छ । असोज मसान्तसम्म बैंकको निक्षेप संकलन ३.५७ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकसँग २ खर्ब २० अर्ब ४९ करोड रुपैयाँ निक्षेप थियो ।

त्यस्तै, बैंकको कर्जा प्रवाह ५.४६ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्म बैंकले १ खर्ब ६३ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७७.९३ प्रतिशत कायम भएको छ ।

खराब कर्जा घट्यो

बैंकले खराब कर्जा अनुपातमा समेत सुधार गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.१३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आवको असोज मसान्तमा घटेर ३.९७ प्रतिशतमा झरेको छ ।

१५ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड १० लाख रुपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४३ पैसाबाट बढेर १७ रुपैयाँ ७१ पैसा पुगेको छ ।

त्यस्तै, प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १५.४२ गुणा रहेको प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?