वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआईसी एशियालाई हकप्रद सेयर निष्कासनको अनुमति, साढे ७ अर्ब पुँजी थपिने

एनआईसी एशियालाई हकप्रद सेयर निष्कासनको अनुमति, साढे ७ अर्ब पुँजी थपिने
अर्थटुडे
२०८३ कार्तिक १९, बुधबार

काठमाडौं । एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । बोर्डको अनुमतिसँगै बैंकलाई ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँभन्दा बढी पुँजी थप्ने बाटो खुलेको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो । यसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ छ । प्रस्तावित हकप्रद सेयर निष्कासन तथा बाँडफाँटपछि बैंकको चुक्ता पुँजी बढेर करिब २२ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ ।

बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद सेयर निष्कासनबाट बैंकको पुँजी आधार बलियो हुनुका साथै प्राथमिक पुँजी पर्याप्तता अनुपात (सीसीएआर) मा सुधार आउने अपेक्षा गरिएको छ । पछिल्लो समय पुँजी पर्याप्तताको दबाबका कारण कर्जा विस्तारमा समस्या भोगिरहेको बैंकका लागि यो पुँजी वृद्धिले केही राहत दिने देखिन्छ ।

बैंकको २०८३ असोजसम्मको तथ्यांकअनुसार प्राथमिक पुँजी पर्याप्तता अनुपात ६.२७ प्रतिशतमा सीमित छ । जबकि नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले प्राथमिक पुँजी पर्याप्तता अनुपात न्यूनतम ८.५० प्रतिशत कायम गर्नुपर्छ ।

नियामकीय न्यूनतम सीमाभन्दा कम प्राथमिक पुँजी पर्याप्तता अनुपात रहेकाले बैंकलाई कर्जा विस्तारमा चुनौती भइरहेको छ। पर्याप्त निक्षेप उपलब्ध भए पनि पुँजी पर्याप्तताको सीमितताले थप कर्जा प्रवाह गर्ने क्षमता प्रभावित भएको हो।

हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने पुँजीले बैंकको प्राथमिक पुँजी पर्याप्तता अनुपात सुधार गर्न सहयोग पुग्नेछ। यसले आगामी दिनमा कर्जा प्रवाह क्षमता विस्तार गर्न र नियामकीय पुँजी अनुपात कायम गर्न बैंकलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?