काठमाडौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।
राष्ट्र बैंकल सार्वजनिक सुचना मार्फत सरकारले कात्तिक ३० गते सोमबार सार्वजनिक विदा दिएपनि आरटीजिएस प्रणाली भने संचालन गर्ने जानकारी दिएको हो ।
केन्द्रीय बैंकले सूचनामा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको छ ।
भुक्तानी प्रणालीलाई निरन्तरता दिनका लागि केन्द्रिय बैंकले आरटिसिएस प्रणाली संचालन गर्ने व्यवस्था मिलाएको हो ।
प्रतिक्रिया