वि.सं. २०८३ कार्तिक २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यो सरकारलाई नयाँ बर्षसम्म पनि टिक्न दिन हुदैनः महेश बस्नेत

यो सरकारलाई नयाँ बर्षसम्म पनि टिक्न दिन हुदैनः महेश बस्नेत
अर्थटुडे
२०८३ कार्तिक २९, शनिबार

काठमाडौ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले सरकारलाई आउदो नयाँ बर्षसम्म पनि टिक्न दिन नहुने बताएका छन् ।

शनिबार (कात्तिक २८) एमाले वाग्मती प्रदेश कमिटीको बैठकमा उनले वर्तमान सरकारको आयु लामो रहन नहुने बताउँदै सो कुरा बताएका हुन् ।

उनले भने “वर्तमान सरकारको आयु धेरै लामो रहने छैन, यो सरकारलाई आउँदो नयाँ वर्ष देखाउन दिनु हुँदैन ।”

उनले सरकार विरुद्ध आवश्यकता अनुसार अरु राजनीतिक दलहरुसँग मिलेर सहकार्य गर्ने बताउँदै सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

वर्तमान सरकार र सत्तारूढ दलको नेतृत्व सहकारी ठगीलगायत आपराधिक गतिविधिमा संलग्न रहेको उनको आरोप छ ।

उनका अनुसार बर्तमान सरकार भ्रममा बाँचेको, देशलाई जलाएर आएको, खरानी ग्याङ भनेर युवाहरूले उपमा दिएको, सहकारी ठगीलगायतका आपराधिक कर्ममा संलग्न रहेको पार्टी र त्यसका नेताहरू संलग्न रहेको लगायतका विभिन्न काममा संलग्न रहेका छन् ।

उनले स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै आउँदो स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा पनि ध्यान दिनुपर्ने बताए । आउँदो निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने गरी अगाडि बढाउन आवश्यक रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?