वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन बैंकको मोबाइल र इन्टरनेट बैंकिङ सेवा अवरुद्ध

हिमालयन बैंकको मोबाइल र इन्टरनेट बैंकिङ सेवा अवरुद्ध
अर्थटुडे
२०८३ कार्तिक १७, सोमबार

काठमाडौं । हिमालयन बैंक लिमिटेडको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा अस्थायी रूपमा अवरुद्ध भएको छ। बैंकले प्रणालीको आवश्यक मर्मत तथा स्तरोन्नति  कार्य भइरहेकाले यी सेवा अस्थायी रूपमा बन्द रहेको जनाएको छ।

बैंकले एक सूचना जारी गर्दै सेवा पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर काम गरिरहेको जानकारी दिएको छ। सेवा अवरुद्ध हुँदा ग्राहकलाई पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ। साथै, मर्मत तथा स्तरोन्नतिको काम सम्पन्न गरी सेवा पुनः सञ्चालनमा नआएसम्म धैर्यता राखिदिन बैंकले आफ्ना ग्राहकसँग आग्रह गरेको छ।

बैंकले सेवा सुधार र स्तरोन्नतिका लागि भइरहेको प्राविधिक कार्यलाई सहयोग गरिदिन अनुरोध गर्दै ग्राहकको धैर्यता, समझदारी र निरन्तर विश्वासप्रति आभार व्यक्त गरेको छ।

बैंकले भने सेवा पुनः सञ्चालन हुने निश्चित समय भने सूचनामा खुलाएको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?