काठमाडौ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले एक करोड एक लाख रुपैयाँ सहयोग गरेका छन् । बुधबार प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नेगरी सो रकम अर्थमन्त्री डा.स्वार्णिम वाग्लेलाई दिएका हुन् ।
संघले आफू र आफ्ना सदस्यहरुको तर्फबाट सो सहयोग सरकारलाई उपलव्ध गराएको हो । देश आहत हुदा आफूहरुले नै आहतमा मलम लगाउनुपर्छ भन्ने उदेश्यले सरकार मार्फत बाढी पिडितहरुलाई राहत उपलव्ध गराएको संघले जनाएको छ ।
आगामी दिनमा पनि संघलेसामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगात्मक कार्यमा संलग्न रहिरहने प्रतिवद्धता व्यक्त गरेको छ ।
संघले नेपाल सरकार लगायत सवै सम्वन्धित पक्षहरुको संवेदनशीलता र सहयोगले मात्र नागरीक एंव प्रभावित क्षेत्रहरुको पुनःस्थापना तथा पुर्वाधार निर्माणले गति लिन सक्ने जनाएको छ ।