वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पहिलोपटक सहकारीलाई मानपदवी, सुप्रवल जनसेवा श्री (तृतीय) बडाल र मल्ललाई

अर्थटुडे
२०७५ आश्विन ४, बिहीबार

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालल र अन्तराष्ट्रिय सहकारी महासंघ ग्लोवल बोर्डकी सञ्चालक सदस्य ओमदेवी मल्लले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने सुप्रवल जनसेवा श्री (तृतीय) पाउने भएका छन् । उनीहरुले सहकारी क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै सरकारले सो पदवीको लागि सिफारिस गरेको छ ।

मल्लले दुई दशकभन्दा बढी समय सहकारी क्षेत्रमा विताएकी छिन् भने बडालले आफ्नो अर्धशतक जिवन सहकारी क्षेत्रमा नै विताएका छन् । मानपदवीको इतिहासमा पहिलो पटक सरकारले सहकारी क्षेत्रलाई पनि समेटोको छ । सरकारले घोषणा गरेको सो पदवी केही महिनापछि वितरण गरिने छ ।

बडालललाई सम्पुर्ण सहकारी क्षेत्रले सहकारी आन्दोलनका अगुवाको रुपमा र मल्ललाई सहकारी आन्दोलनमा शसक्त भुमिका निभाई देश र विदेशमा नेपालको सहकारीको बारेमा जानकारी दिने व्यक्तिको रुपमा सहकारी क्षेत्रले लिने गरेको छ ।

सरकारले विभिन्न मानपदवी लिन योग्य व्यक्तिहरुको सिफारिस गर्नका लागि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । यसअघि गृहमन्त्रीको अध्यक्षतामा सिफारिस कमिटी गठन भएपनि यस वर्ष भने सरकारले परम्परा तोडेको थियो ।

त्यसैगरी सहकारी महासंघका अनुसार प्रबल जनसेवा श्री (चतुर्थ)बाट नै सहकारी आन्दोलनका अर्का अगुवा रामचन्द्र उप्रेति र सहकारीकर्मी मिना ढकाल र अमृता सुव्वालाई पनि दिने घोषणा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ