काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)मा जीवन बीमा कम्पनीहरुको व्यवसाय करिव १७ प्रतिशतले बढेको छ ।
नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आवको असोजसम्ममा १४ वटा जीवन बिमा कम्पनीले ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँको बिमाशुल्क आर्जन गरेका छन् ।
अघिल्लो आवको यसै अवधिमा कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क उठाएकोमा १६ दशमलव ८५ प्रतिशतले बढेको हो ।
तथ्यांकअनुसार सबैभन्दा बढी नेपाल लाइफले १४ अर्ब ७२ करोड रुपैयाँ संकलन गरेको छ । यस्तै सबैभन्दा कम सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क संकलन १ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
लघुबीमाको ३८ प्रतिशत वृद्धि
यसैगरी लघुबीमा कम्पनीहरुको व्यवसाय भने चालु आवको प्रथम त्रैमासम्ममा ३८ प्रतिशतले बढेको छ । गत आवको असोजसम्म कम्पनीहरुले कुल २४ करोड ७४ लाख बीमाशुल्क संकलन गरेकोमा चालु आवको यसै अवधिमा बढेर ३४ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
हाल गार्जियन, क्रेष्ट र लिवर्टी माइक्रोलाईफले लघुबीमा व्यवसाय गर्दै आएका छन् । जसमध्ये गार्जियनले १२ करोड ३७ लाख, लिवर्टीले ११ करोड ९७ लाख र क्रेष्टले ९ करोड ८६ लाख बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया