वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिहीबार र शुक्रबार राष्ट्र बैंकबाट सुनचाँदीका असर्फी किन्न पाइने

बिहीबार र शुक्रबार राष्ट्र बैंकबाट सुनचाँदीका असर्फी किन्न पाइने
अर्थटुडे
२०८३ कार्तिक २०, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै बिहीबार र शुक्रबार सुनका असर्फी तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले कात्तिक १९ र २० गते दुई दिन टक्सार महाशाखा, बबरमहलबाट असर्फी तथा मेडालियन बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात कायम रहेसम्म असर्फी तथा मेडालियन बिक्री गरिनेछ । प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान र १० ग्रामको चाँदीको मेडालियन (लक्ष्मी र गणेश अंकित) बिक्री गरिने व्यवस्था गरिएको छ ।

एक व्यक्तिले बढीमा दुई थानसम्म सुनका असर्फी तथा चाँदीका मेडालियन खरिद गर्न सक्नेछन् । खरिद गर्न चाहने व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ ।

असर्फी तथा मेडालियन खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सुनका असर्फी तथा चाँदीका मेडालियनको मूल्य दैनिक बिहान करिब ११ बजे निर्धारण गर्नेछ । मूल्य निर्धारण भएपछि मात्रै बिक्री प्रक्रिया सुरु हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?