वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिहारलाई लक्षित गर्दै सिजीका स्मार्ट एयर फ्रायर बजारमा, ९० प्रतिशतसम्म कम तेलमा परिकार बनाउन सकिने

तिहारलाई लक्षित गर्दै सिजीका स्मार्ट एयर फ्रायर बजारमा, ९० प्रतिशतसम्म कम तेलमा परिकार बनाउन सकिने
अर्थटुडे
२०८३ कार्तिक २१, शुक्रबार

काठमाडौं । तिहारलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सले स्मार्ट घरायसी उपकरणअन्तर्गत विभिन्न मोडलका एयर फ्रायर नेपाली बजारमा उपलब्ध गराएको छ। कम्पनीले चाडपर्वमा परम्परागत परिकारको स्वादसँगै स्वास्थ्यलाई समेत ध्यानमा राख्दै सिजी मेरिडिया सिरिजका एयर फ्रायर बजारमा ल्याएको हो।

कम्पनीका अनुसार यी एयर फ्रायरको प्रयोगबाट परम्परागत रूपमा तेलमा पकाइने सेलरोटी, फिनी र अनरसा लगायतका परिकार ९० प्रतिशतसम्म कम तेलमा तयार गर्न सकिन्छ। यसले कम तेलमा परिकार बनाउन सहयोग गर्नुका साथै खाना पकाउने समय र मेहनतसमेत घटाउने कम्पनीको दाबी छ।

सिजीले नेपाली बजारमा नेपालकै पहिलो एआई प्रविधियुक्त एयर फ्रायर मोडल CGMRAF8LAI उपलब्ध गराएको जनाएको छ। यसमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले परिकारको प्रकृति पहिचान गरी आवश्यक तापक्रम र पकाउने समय आफैं निर्धारण गर्छ। यसका अतिरिक्त CGMRAF7LS मोडल पनि बजारमा उपलब्ध छ।

त्यस्तै, ठूला परिवार र चाडपर्वका जमघटलाई लक्षित गर्दै कम्पनीले १३ लिटर क्षमताको नयाँ एयर फ्रायर मोडल CGMRAFO13L बजारमा ल्याएको छ। १ हजार ८ सय वाट क्षमताको यस उपकरणमा १२ वटा स्मार्ट कुकिङ प्रिसेट मेनु, वाइड एंगल भ्युइङ विन्डो, आयल फ्री कुकिङ सुविधा, ६० मिनेटको टाइमर र डिहाइड्रेटर फङ्सन उपलब्ध छन्।

यसमा एलईडी टच स्क्रिन र अटो सट-अफ सुविधा पनि रहेको छ। उपकरण सञ्चालन भइरहेका बेला ढोका खोल्दा स्वतः बन्द हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। साथै, आयल ट्रे, फ्ल्याट ग्रिल र्‍याक, स्यालो नेट ग्रिल र्‍याक, रोटेट बास्केट, चिकेन फोर्क र फेच टुलजस्ता एसेसरिज पनि उपलब्ध गराइएको छ। यी सामग्रीबाट विभिन्न परिकार रोस्ट, ग्रिल र बेक गर्न सकिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?