वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१७ अर्ब डलरका पूर्वाधार परियोजना सोकेश गर्दै नेपाल पूर्वाधार सम्मेलन

१७ अर्ब डलरका पूर्वाधार परियोजना सोकेश गर्दै नेपाल पूर्वाधार सम्मेलन
अर्थटुडे
२०८३ कार्तिक २०, बिहीबार

काठमाडौं । आगामी डिसेम्बर ९ र १० (मङसिर २३ र २४ गते) तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन–२०२६ आयोजना हुने भएको छ ।  बिहीवार काठमाडौंमा सरकार र निजी क्षेत्रका संस्थाले संयुक्त पत्रकार सम्मेलन आयोजना गरी  १७ अर्ब अमेरिकी डलर बराबरका पूर्वाधार परियोजना लगानीका लागि सोकेश गरिने जानकारी दिइएकाे छ ।

पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा पूर्वाधार क्षेत्रका विभिन्न परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनमा नेपालको ऊर्जा, यातायात, पर्यटन र सहरी पूर्वाधार विकाससँग सम्बन्धित ठूला आयोजनाहरू लगानीकर्ताहरूका सामु प्रस्तुत गरिने बताइएकाे छ ।

पत्रकार सम्मेलनमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सम्मेलनमा पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्न भएका कानुनी सुधार तथा लगानीका सम्भावनालाई प्रमुखताका साथ प्रस्तुत गरिने बताए । उनले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले विभिन्न कानुनी सुधार गरेको जानकारी दिँदै ५९ ओटा कानुनको मस्यौदा तयार भइसकेको बताए ।

सम्मेलनले पूर्वाधार विकासका लागि आवश्यक लगानी जुटाउन सरकार र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने तथा सम्भावित लगानीकर्तालाई परियोजनाबारे जानकारी गराउने अपेक्षा गरिएको छ । यस्तै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्रोत्साहन गर्दै स्वदेशी तथा विदेशी निजी पूँजीलाई आकर्षित गर्न सम्मेलनले विशेष जोड दिने बताइएकाे छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?