काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष ०८२/८३ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले हाल कायम चुक्तापूँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार रुपैयाँको आधारमा कम्पनीले ११.९६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १३.४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको यो निर्णय बमोजिम प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
गत वर्ष पनि कम्पनीले १२.५० प्रतिशत बोनस सेयर र कर समेत १२.५० प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया