वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक
अर्थटुडे
२०८३ कार्तिक १९, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै भोलि (कात्तिक १९) देखि सुनका असर्फी तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सूचना प्रकाशन गरी टक्सार महाशाखा, बबरमहलबाट असर्फी तथा मेडालियन बिक्री गर्न लागिएको जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान र १० ग्रामको चाँदीको मेडालियन (लक्ष्मी र गणेश अंकित) एक–एक थानका दरले बिक्री गरिनेछ । एक व्यक्तिले बढीमा दुई थानसम्म सुनको असर्फी तथा चाँदीका मेडालियन खरिद गर्न सक्नेछन् ।

यी असर्फी तथा सिक्का कात्तिक १९ र २० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात कायम रहेसम्म बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले असर्फी तथा मेडालियनको मूल्य दैनिक बिहान करिब ११ बजे निर्धारण गर्ने जनाएको छ । मूल्य निर्धारण भएपछि मात्रै बिक्री प्रक्रिया सुरु हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?