वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चुच्चे नक्सा सहितको रु एक सयको नोट प्रचलनमा

चुच्चे नक्सा सहितको रु एक सयको नोट प्रचलनमा
अर्थटुडे
२०८२ मंसिर ११, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सा सहितको रु एक सय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोट प्रचलनमा आएको जानकारी दिएको हो ।

नयाँ नोटको रङ र आकार भने साबिककै रहेपनि नोटमा बीचमा प्रयोग गरिएको नेपालको चुच्चे नक्सा प्रयोग गरिएको छ । नोटको बायाँतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथाको तस्वीर र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको राष्ट्र बैंकले जनाएको छ ।

दृष्टिविहीनले छामेर नोट पहिचान गर्न सक्नेगरी अशोक स्तम्भसँगै एउटा कालो थोप्ला पनि नयाँ नोटमा राखिएको छ भने बायाँतर्फ अण्डाकारभित्र मायादेवीको ‘सिल्भर मेटालिक’ चित्र छ । सुरक्षाका लागि नोटमा २ मीमी चौडा र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको राष्ट्र बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?