काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले बुधबार बैंक तथा वित्तिय संस्थाका प्रमूख कार्यकारी अधिकृत (सिइओ)हरुसँग बैकिङ क्षेत्रमा देखिएको समस्या र यसको समाधानबारे लामो छलफल गरे । तर सो छलफलमा न बैंकरहरुले प्रभू बैंकमाथि सिआइबीले गरेको छानविन र सिइओ लगायतको पक्राउमाथि कुनै चासो राखे न गभर्नर नै यस विषयमा बोले ।
विभिन्न मिडिया मार्फत नेपाल राष्ट्र बैंकका माथिल्लो तहका कर्मचारीदेखि बैंकरहरुले नै प्रभु बैंकका सिइओ अशोक शेरचन माथि अन्याय भएको, केन्द्रिय बैंकको कार्यक्षेत्र प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) को अस्वाभाविक हस्तक्षेप भएको जस्ता कुराहरुबारे गुनासो गरेका थिए । त्यस्तै केही दिनअघि नेपाल बैंकर्स संघका प्रतिनिधिहरु सिआइबी पुगेका थिए ।
विभिन्न मिडियामा केन्द्रिय बैंकको परिधिमा सिआइबी छिरेको गुनासो गर्ने सिइओहरु भने बुधबार गभर्नरका सामु मौन रहे । उनीहरुले प्रभू बैंकको बारेमा त प्रश्न उठाएनन् नै सिआइबीको हस्तक्षेपको बारेमा पनि केही बोलेनन् । बरु उल्टै गभर्नर डा.पौडेलले कतिपय बैंकहरुको संस्थागत सुसासनमा समस्या देखिएकोले थप सचेत रहन चेतावनी दिन भ्याए ।
कार्यक्रममा उपस्थि भएका एक बैंकरले प्रभू बैंकको मात्र नभएर अन्य बैंकमा पनि संस्थागत सुसासन कमजोर रहेको गभर्नर पौडेलको संकेत थियो । गभर्नर डा.पौडेलले बैंकरहरुलाई भनेका थिए,‘बैंक तथा वित्तिय संस्थाको संस्थागत सुसासन कमजोर हुदै गएको देखिन्छ, यसमा थप सचेत भएर काम गर्नुहोला ।’
त्यस्तै सिआइबीले प्रभु बैंकमाथि गरिएको कारबाहीमा पौडेलको मौन समर्थन देखिएको ति बैंकरले बताए ।
प्रतिक्रिया