काठमाडौ । ललितपुर जिल्ला अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष रर महासचिवलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुधबार अदालतले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच÷पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
बुधबार अध्यक्ष नेम्वाङ र राइले जिल्ला अदालत ललितपुरमा उनीहरु दुवै उपस्थित भएर बयान दिएका थिए । उनीहरुलाई खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा लागेको छ ।
अदालतका अनुसार जिल्ला न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो ।
खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुमाथि अनुसन्धान र पक्राउ गरी मुद्धा चलाउनका लागि सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो । यसअघि जोशी र पाण्डे भने धरौटीमा छुटिसकेका छन्।
जिल्ला अदालत ललितपुरको आदेश
एन्फा अध्यक्ष र महासचिवलाई पाँच/पाँच लाख धरौटीमा छाड्नु
२०८३ कार्तिक १२, बुधबार
प्रतिक्रिया