काठमाडौ । सरकारले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई केन्द्रिय बैंकको डेपुटी गभर्नर बनाउने निर्णय गरेको छ । करिब एक महिनादेखि रिक्त रहेका दुई डेपुटी गभर्नर पदमध्ये सरकारले हाललाई एकजना मात्र डेपुटी गभर्नर नियुक्त गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको वैदेशिक मुद्रा व्यवस्थापन विभागमा कार्यरत कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी बरियताक्रममा सातौ स्थानमा छन् ।
गभर्नर डा.विश्व पौडेलले एक महिनाअघि नै डेपुटी गभर्नर पदको लागि चारजना कार्यकारी निर्देशकको नाम सिफारिस गरेका थिए । गभर्नरले सिफारिस गरिएका चारजनाको बारेमा अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयले गम्भीर अध्ययन र अनुसन्धान गरेकाे थियाे ।
गभर्नरले सिफारिक गरिएको चारमात्र हैन १८ जना नै कार्यकारी निर्देशकको बारेमा हामीलाई अनौपचारिक रुपमा सोधिएको थियो,नेपाल राष्ट्र बैंकका एक निर्देशकले भने ,’अहिले पण्डितलाई डेपुटी गभर्नर बनाइएको रहेछ खुसी लाग्यो ।’
त्यस्तै अर्का उपनिर्देशकले नाम नबताउने शर्त आफूलाई पनि बालेनकै टिमले १८ जना नै कार्यकारी निर्देशकको बारेमा जानकारी लिएको बताए । उनले भने, ‘मैले रामशरण खरेलको नाम पनि भनेको थिएँ तर उनीहरुले खरेलको नाम नै सुन्न चाहेनन्, अहिले पण्डितलाई डेपुटी गभर्नर बनाइएको रहेछ । यो देख्दा भने खुसी लाग्यो ।’
उनका अनुसार नेपालमा नै पढेर इमान्दारिताका साथ राष्ट्र बैंकलाई भिजनमा हिडाउन सक्ने क्षमता भने पण्डितमा रहेको छ ।
गभर्नर विश्व पौडेलले दुई पदका लागि नियमानुसार चार जना कार्यकारी निर्देशकको नाम सिफारिस गरे पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पण्डितको नाम मात्रै मन्त्रिपरिषदमा प्रस्ताव लगेको बुझिएको छ ।
अर्थमन्त्री वाग्लेले पनि आफ्नो तर्फबाट डेपुटी गभर्नरको लागि योग्य व्यक्तिको बारेमा लामो समयदेखि अध्ययन अनुसन्धान गरेका थिए । उनले कार्यसम्पादन र उच्च योग्यतालाई नै नियुक्तिको मुख्य कसी बनाएको पाइएको छ । शुशिला कार्की नेतृत्वको सरकारले नै डेपुटी गभर्नर नियुक्ती गर्न खोजेका थिए तर फागुन २५ गतेसम्ममा निर्वाचनको परिणाम आइसकेकोले अघिल्लो सरकारले नयाँ नियुक्ती गरेको थिएन ।
फागुन १९ गते तत्कालिन अर्थमन्त्री रामेश्वर खनालले हालका अर्थमन्त्री डा.स्वार्णिम वाग्लेलाई फोन गरेर डेपुटी गभर्नर नियुक्तीको विषयमा चासो राखेपछि पछि फोन गरेर जानकारी दिने भन्दै वाग्ले पन्छिएका थिए ।
को हुन् नवनियुक्त डेपुटी गभर्नर पण्डित?
भुक्तानी प्रणाली विभाग प्रमुख रहेका पण्डितले २०६२ सालमा नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए ।
दुई दशक लामो सेवा अवधिमा उनले केन्द्रिय बैंककासबै महत्वपूर्ण र प्राविधिक विभागहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । विदेशी मुद्रा व्यवस्थापन र भुक्तानी प्रणालीमा उनको दख्खलले गर्दा उनलाई आधुनिक बैंकिङ बुझेको तथा उच्च नैतिक आचारण भएको व्यक्ति मानिन्छ।
प्रतिक्रिया