वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकले गर्याे हिमालयन बैंकलाई कारबाही

राष्ट्र बैंकले गर्याे हिमालयन बैंकलाई कारबाही
अर्थटुडे
२०८३ जेष्ठ ५, मंगलवार

काठमाडौ । हिमालयन बैंक लिमिटेडले इभरग्रिनिङ गरेको तथ्य सार्वजनिक भएपछि नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकले स्थलगत गरेको निरिक्षणका क्रमममा बैकले इभरग्रिनिङ गरेको पाएपछि कारबाही गरेको हो । केन्द्रिय बैंकले हिमालयन बैंक लिमिटेडका सञ्चालक समिति र प्रमूख कार्यकारी अधिकृत (सिइओ) अशोक शमसेर राणालाई सचेत गराई सुधारात्मक कदम चाल्नका लागि कबुलियतनामा गराइएको छ ।

बैंकले सिमित ऋणीहरूलाई निर्धारित प्रिमियमदरमा पहिलेको मितिबाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकम बक्यौता व्याज र साँवा रकम भुक्तानी गर्नमा प्रयोग गरेको राष्ट्र बैंकको निरिक्षणको क्रममा भेटेको थियो ।

त्यस्तै बैंकले तोकिएको समयसीमा पश्चात बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकिकरण/पुनरसंरचना गरेको र त्यस्तो कर्जामध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्र पुनरतालिकिकरण÷पुनरसंरचना गरेको कर्जामा वर्गीकरण गरी सो बाहेकको साँवा रकमलाई असल कर्जामा नै वर्गीकरण गरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, अस्थायी रूपमा लामो समयसम्म ऋणीहरूको भुक्तानी अवधि बढाइएको, ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको र यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पनि केन्द्रिय बैंकले निरिक्षणका क्रममा भेटेको थियो ।

एकीकृत निर्देशन २०८१ मा रहेको व्यवस्थाहरू उल्लंघन भएको देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा २ (क) बमोजिम हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको पनि केन्द्रिय बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?