वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंक २४ औं बर्षमा, उत्पादनशिल क्षेत्रमा लगानी विस्तारको प्रतिवद्धता

सहकारी बैंक २४ औं बर्षमा, उत्पादनशिल क्षेत्रमा लगानी विस्तारको प्रतिवद्धता
अर्थटुडे
२०८३ असार २५, बिहीबार

काठमाडौं । देशको एकमात्र सहकारी बैंक राष्ट्रिय सहकारी बैंक २४ औ बर्षमा प्रबेश गरेको छ । २०६० असार २५ गते सरकारको समेत सेयर लगानीमा स्थापना भएको बैंकले सहकारी अभियानलाई थप व्यवस्थित, प्रभावकारी र दिगो बनाउन दुई दशकभन्दा बढी समयदेखि वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ ।
१५ हजार भन्दा बढी सहकारी संघसंस्था सदस्य रहेको बैंकको २०८३ जेठसम्म २ अर्ब ९२ करोड पुँजी, ४३ अर्ब ९७ करोड बचत संकलन १५ अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकले स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सहकारी क्षेत्रको वित्तीय सुदृढीकरण, सुशासन, डिजिटल रूपान्तरण र सदस्यकेन्द्रित सेवाप्रति आफ्नो प्रतिबद्धता पुनः दोहो¥याएको छ।

यसैगरी २३ वर्षको यात्रामा हासिल भएका उपलब्धि, संस्थागत अनुभव, चुनौती र सिकाइलाई आगामी यात्राको आधार बनाउने जनाएको छ । साथै, सदस्य सहकारी संघ/संस्थाको विश्वासलाई आफ्नो प्रमुख शक्ति मान्दै वित्तीय समावेशीकरण, संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवद्र्धन र दिगो विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले उत्पादनशील क्षेत्रमा लगानी विस्तार, उद्यमशीलताको प्रवद्र्धन तथा नवप्रवर्तनमैत्री वित्तीय सेवामार्फत सहकारी संघ/संस्थाको भरपर्दो वित्तीय साझेदारका रूपमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गरेको छ ।

साथै, सहकारी आन्दोलनको सुदृढीकरण र सदस्यहरूको समृद्धिका लागि निरन्तर क्रियाशील रहने अठोट पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?